खाजा घरमा जुवा खेल्दै गरेका १९ जना पक्राउ
कञ्चनपुर, ९ असोज । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ बाट जुवा खेल्दै गरेको अवस्थामा १९ जनालाई दुई लाख ४४ हजार १८० रुपैयाँसहित प्रहरी पक्राउ गरेको छ।
प्रहरीका अनुसार उनीहरुलाई डबलबहादुर ऐरको खाजा घरमा जुवा खेल्दै गरेको अवस्थामा बिहीबार राति पक्राउ नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिकाका एकेन्द्र सुनार, गगनबहादुर ऐर, बालकृष्ण राना, जयबहादुर ऐर, सुवर्ण विष्ट, हरिश जोशी, विक्रम भण्डारी, विनोद विष्ट, ज्ञानु ऐर, मिनबहादुर ठकुल्ला रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।
यस्तै, गोदावरी नगरपालिकाका प्रकाश बोहरा, घनश्याम खत्री, गोविन्द पाण्डेय, नरेश रोकाया, सुरज बुढा, मिन गुरुङ र विक्रम सिंह, कृष्णपुर नगरपालिकाका खगेन्द्र बोहरा र विष्णु भट्ट पनि पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।