भारतका दिग्गज गायक एसपी बालासुब्रमन्यमको ७४ बर्षको उमेरमा निधन
एजेन्सी, ९ असोज । भारतका दिग्गज गायक एसपी बालासुब्रमन्यमको ७४ वर्षको उमेरमा निधन भएको छ।
अस्पतालमा उपचाररत बालासुब्रमन्यमको शुक्रबार निधन भएको उनका छोरा एसपी चरणले पुष्टि गरेका हुन्।
गत सेप्टेम्बर ७ मा उनको कोरोना परीक्षण गर्दा रिपोर्ट भने नेगेटिभ आएको थियो।
उनका छोराको अनुसार फोक्सोमा समस्या देखिएका बालासुब्रमन्यमलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो भने अस्पतालमा उपचारकै क्रममा निधन भएको हो।
भारतीय सिनेक्षेत्रको पाश्र्व गायनमा बालासुब्रमन्यम निकै चर्चित व्यक्ति थिए।
उनले पेहेला पेहेला प्यार, दिल दिवाना, तुम्से मिल्ने कि तमन्ना हे, मेरे रङ मे रङ्ने वाली, मुझ्से जुदा होकरजस्ता चर्चित गीत गाएका छन्।