शुक्रबार थपिए १ हजार ३ सय १३ कोरोना संक्रमित, डिस्चार्ज भए १ हजार ४ सय ५५ जना
काठमाण्डौ, ९ असोज । शुक्रबार थप १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या संख्या ७० हजार ६ सय १४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार १ हजार ४ सय ५५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म ५१ हजार ८ सय ६६ जना कोरोनाबाट निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै आज १२ हजार २ सय ६२ जनाको पीसीआर परीक्षण भएको छ भने संस्थागत आइसोलेशनमा ८ हजार २ सय ३७ र होम आइसोलेशनमा १० हजार ५२ जना रहेका छन्।