कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप ६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४५९ पुग्यो
काठमाण्डौ, ९ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३ जना महिला र ३ जना पुरुष संक्रमितको मृत्यु भएको हो।
कोरोना संक्रमणका कारण मोरङमा ६० वर्षीया महिला, काठमाडौंमा ७५ बर्षीया महिला र कपिलवस्तुमा ७० वर्षीया महिलाको मृत्यु भएको हो।
त्यस्तै मोरङमा ५५ वर्षीय पुरुष, सप्तरीमा ७० वर्षीय पुरुष र ललितपुरमा ५१ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।