पाल्पा पहिरोमा एकै परिवारका ५ जनाको मत्यु
पाल्पा, १० असोज । पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा पहिरोमा पुरिएका एकै परिवारका पाँच जना मृत्यु भएको छ।
बिहीबार बिहान गएको पहिरोमा परी बेपत्ता भएका सबैको शव फेला परेको छ।
मृत्यु हुनेमा ६० वर्षीय हुमबहादुर गाहा, उनको श्रीमती ५० वर्षीया धनीसरा गाहा, १७ वर्षीय छोरी कृष्णमाया गाहा, नातिनी १४ वर्षीया खुमिसरा आले र ८ वर्षीया लक्ष्मी गाहा रहेका छन्।
निरन्तरको वर्षा र सडक अवरुद्ध रहेका कारण समयमै उद्धार गर्न नसकिएको र पहिरोमा परेका सबैको शव शुक्रबार बेलुका सनाखत भएको प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिएका छन्।
भट्टराईका अनुसार उनीहरूको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइसकिएको छ भने रम्भा गाउँपालिका सदरमुकामबाट टाढा रहेको विकट क्षेत्र हो।