डा गोविन्द केसीको समर्थनमा प्रर्दशन गर्नेहरु माइतीघरबाट पक्राउ
काठमाण्डौ, १० असोज । स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै अनसनर बसेका डा गोविन्द केसीका समर्थकहरुलाई प्रहरीले काठमाण्डौको माइतीघरबाट पक्राउ गरेको छ।
शनिबार राजधानीको माइतीघरमा डा. केसीको माग पूरा गर्न दवाव दिने उद्देश्यले प्रदर्शनका लागि पुगेका समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध र केसीको पक्षमा नाराबाजी गर्नेक्रममा पक्राउ गरेको हो। डा. केसीको समर्थनमा प्रदर्शन गर्न उत्रनसाथ उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जुम्लाबाट अनसन सुरु गरेका केसीलाई केही दिनअघि काठमाडौं ल्याइएपछि पनि अनसनलाई निरन्तरता दिइरहेको भएतापनि उनको स्वास्थ अवस्था बिग्रिँदै गएको बताइएको छ।