युक्रेनमा सैनिक विमान दुर्घटना हुदाँ २५ जनाको मृत्यु
एजेन्सी, १० असोज । युक्रेनमा शुक्रबार भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ । समाचारका अनुसार युक्रेनका सैनिक अधिकारीहरुले सो विमान दुर्घटनामा परी ज्यान जानेको संख्या २५ पुगेको बताएका छन्।
युक्रेनको राष्ट्रिय सेनाले युक्रेनको किभ क्षेत्रमा भएको सो विमान दुर्घटनामा परी शनिबार बिहानसम्ममा २५ जनाको ज्यान गएको बताएको छ। युक्रेन सरकारका अनुसार सो विमान दुर्घटनाबारे अनुसन्धान जारी रहेको छ।
युक्रेनका स्थानीय पत्रिकाहरुले यहाँका रक्षामन्त्रीलाई उद्धृत गर्दै उक्त विमान इन्जिन फेल भएका कारणले दुर्घटनमा परेको बताएका छन् । रक्षा मन्त्रालयले यस विमान इन्जिन फेल भएका कारण दुर्घटनामा परेको तर यो प्रारम्भिक रिपोर्ट हो भनेको छ । विमान दुर्घटनामा बारे अनुसन्धान जारी रहेको जनाएको छ।