कोरोना संक्रमणबाट थप एक सैनिकको मृत्यु
काठमाण्डौ, १० असोज । नेपाली सेनामा कार्यरत थप एक सैनिक जवानको कोरोना संक्रमणका कारण ज्यान गएको छ।
बझाङ जिल्ला घर भई काठमाण्डौ उपत्यकामा कार्यरत सैनिक जवानको वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
छारे रोगको लक्षण देखिएपछि पश्चात उनलाई असोज ६ गते आकस्मिक रुपमा सघन कक्षमा भर्ना गरिएको थियो भने असोज ८ गते स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।
योसँगै नेपाली सेनामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ।
त्यस्तै हालसम्म नेपाली सेनामा कार्यरत सैनिकमध्ये २,१९७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ५३९ सैनिक संक्रमणमुक्त भएका छने र सक्रिय संक्रमित १,६५६ रहेको छ।