प्रधानमन्त्री ओलीकी निजी चिकित्सक शाहको पीसीआर रिपोर्ट पोजिटिभ
काठमाण्डौ, १० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।
डा. शाह स्रोतका अनुसार केही दिनदेखि कोरोनासँग मिल्ने लक्षण देखिएपछि त्रिवि शिक्षण अस्पतालको ल्याबमा परिक्षण गराउँदा पिसिआर रिपोर्ट पोजेटिभ आएको हो भने उनी अहिले होम आइसोलेसनमा बसेकी छिन्।
यसैबीच उनले लामो समयदेखि प्रधानमन्त्रीसँग भेटघाट नभएको बताएकी छिन् भने आफूसँग भेटघाट गरेका व्यक्तिहरुलाई भने पिसिआर गर्न पनि उनले सुझाएकी छिन्।
त्यस्तै जुम्लामा अनसनका क्रममा बिरामी परेपछि ट्रमा सेन्टर हुँदै त्रिवि शिक्षण अस्पताल लगिएका डाक्टर गोविन्द केसीलाई भने शाहले तीन दिनअघि भेटेको बताइएको छ।