कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप ८ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४६७ पुग्यो
काठमाण्डौ, १० असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ८ जना पुरुष संक्रमितको मृत्यु भएको हो।
काठमाडौंका २० र ७४ वर्षीय पुरुष, ललितपुर ७६ बर्षीय पुरुष। भक्तपुरका क्रमशः ७६ र ८८ वर्षीय पुरुष, सप्तरीका ६६ बर्षीय पुरुष, मकवानपुरका ७४ बर्षीय पुरुया, रुपन्देहीका ७२ बर्षीय पुरुष र कैलालीका ३० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको छ भने संक्रमितमध्ये हालसम्म ०.६५ प्रतिशतको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।