साताको पहिलो दिन सुनचाँदीको मूल्य घट्यो
काठमाण्डौ, ११ असोज । नेपाली बजारमा साताको पहिलो दिन सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ६ सय र चाँदी प्रतितोला १० रुपियाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
गत साताको शुक्रबार भने छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै, तेजावी सुन पनि शुक्रबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ।
यसैगरी गत शुक्रबार चाँदी प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो भने आज चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।