आइतबार थपिए १ हजार ५ सय ७३ कोरोना संक्रमित, डिस्चार्ज भए ८ सय ८५ जना
काठमाण्डौ, ११ असोज । आइतबार थप १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या संख्या ७३ हजार ३ सय ९४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार ८ सय ८५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म ५३ हजार ८ सय ९८ जना कोरोनाबाट निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै आज १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण भएको छ भने संस्थागत आइसोलेशनमा ८ हजार ३ सय २१ र होम आइसोलेशनमा १० हजार ६ सय ९८ जना रहेका छन्।