राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठमा पनि कोरोना संक्रमण पुष्टि
काठमाण्डौ, ११ असोज । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको पनि कोरोना परीक्षण रिपोर्ट पोजिटभ आएको छ। राष्ट्र बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गत बुधबार परीक्षणका लागि स्वाब दिएका डेपुटी गभर्नर श्रेष्ठलाई बिहीबार कोरोना पुष्टि भएको हो।
श्रेष्ठलाई बिहीबार कोरोना पुष्टि भएपछि अहिले होम आइसोलेसनमा बसिरहेको र कोरोना लागेपनि आफू स्वस्थ रहेको उनले बताएका छन्।
यसैगरी उनका अनुसार हालसम्म परिवारका अन्य सदस्यमा पुष्टि भइ सकेको छैन।
उनीसंगै हालसम्म ३१ जना केन्द्रीय बैंकका कर्मचारीहरुमा कोरोना पुष्टि भइसकेको छ।
त्यस्तै राष्ट्र बैंकको केन्द्रीय कार्यालयदेखि विभिन्न विभाग, महाशाखा तथा प्रदेश कार्यालयहरुका कर्मचारीहरुमा कोरोना देखिएको थियो।
३१ कर्मचारी र ती कर्मचारीका आफन्त गरेर हालसम्म ६५ जनामा कोरोना पुष्टि भइसकेको राष्ट्र बैंक श्रोतले बताएको छ।