लक्षण विहीन विद्यार्थीहरूको पिसिआर परीक्षण नगराई परीक्षामा सामेल गराउन सरकारको निर्देशन
काठमाण्डौ, ११ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नदेखिएका विद्यार्थीको पिसिआरबिना परीक्षा लिन मेडिकल कलेजलाई निर्देशन दिएको छ।
लक्षण नभएका विद्यार्थीको पनि पिसिआर परीक्षण गराउने कुरा वैज्ञानिक नभएको भन्दै परीक्षणलाई अनिवार्य नराउन अनुरोध गरिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन्।
निजी मेडिकल कलेजहरूले आफ्ना विद्यार्थीहरूलाई परीक्षामा सामेल हुनलाई अनिवार्य पिसिआर परीक्षण गर्न भनेतापनि उक्त निर्णय कार्यान्वयन नगर्न मन्त्रालयले निर्देशन दिएको छ।
प्रवक्ता गौतमका अनुसार सरकारले तोकेको प्रोटोकल भन्दा बाहिरका मानिसहरूको परीक्षण गर्ने कुरा अवैधानिक रहेको भन्दै सो कार्य गर्न नहुने जानकारी गरिएको छ।
त्यस्तै कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति, फ्रन्टलाइनमा काम गर्ने र लक्षण भएका व्यक्तिबाहेक अन्यको परीक्षण गर्न नपर्ने डा. गौतमले बताएका छन्।