चीनको एक कोइला खानीमा आइतबार बिहान विस्फोट, १६ मजदुरको मृत्यु
एजेन्सी, ११ असोज । चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा पनि १६ जना मजदुरको ज्यान गएको छ।
चिनियाँ सरकारी टिभी सिसिटिभीले दिएको जानकारी अनुसार दक्षिणपश्चिमी चीनको एक खानीमा आइतबार बिहान कार्बन मोनोअक्साइड ग्याँस विस्फोट भएको र जसका कारण ती मजदुरहरु भाग्न नसकेर च्यापिएर ज्यान गएको हो।
सो दुर्घटनामा परेर अरु पनि मजदुरहरु त्यहीँ खानीमा च्यापिएको अनुमान गरिएको छ र उद्धारकर्मीहरुले स्वास्थ्यकर्मी तथा औषधिसहितको टोली समेत लिएर त्यहाँ पुगेर उद्धार गरिएका नागरिकलाई उपचार गरेर बचाउने प्रयास गरेता पनि १६ जनाको सो खानीभित्रै ज्यान गएको हो।
सो खानीबाट एक जनालाई उद्धार गरेर बाहिर निकालिएको थियो भने अरु पनि सो खानीमा मजदुरहरु परेको हुनसक्ने आशंकामा उद्धारको कार्य जारी राखिएको बताइएको छ।
त्यस्तै चीनमा वर्षेनी खानी दुर्घटनामा परी ठूलो संख्याका नागरिकले ज्यान गुमाउन बाध्य हुने गर्दछन्।