माटोको ढिस्कोले पुरिँदा स्याङ्जाको वालिङमा एक जनाको मृत्यु, दुई जना घाइते
स्याङ्जा, १३ असोज । स्याङ्जाको वालिङमा माटोको ढिस्कोले पुर्दा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
वालिङ ११ पेखुको पनेरगैह्रामा आज बिहान गिटी निकाल्ने क्रममा माथिबाट खसेको माटो ढिस्कोले पुरिएर गम्भीर घाइते भएकी वालिङ ११ का ३९ वर्षका दुर्गा थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार माटोले पुरिएर घाइते भएका ३५ वर्षकी मुना थापा र ३१ वर्षका नारायणी सिंजालीको ग्रहौं प्राथमिक अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै घाइत भएकी मुनाको खुट्टा भाचिएको अस्पतालका सूचना अधिकारी देवेन्द्र प्रसाद भट्टराईले जानकारी दिएका छन्।