कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप १० जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४९१ पुग्यो
काठमाण्डौ, १३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३ जना महिला र ७ जना पुरुष संक्रमितको मृत्यु भएको हो।
मृत्यु हुनेमा सर्लाहीका ७२ वर्षिया महिला, काठमाडौंका ५७ बर्षीया महिला र बाँकेमा ७६ वर्षिय महिला रहेका छन्।
त्यस्तै मोरङका ६८ वर्षीय पुरुष, महोत्तरीका ५८ वर्षीय पुरुष, काठमाडौंका ६० र ७० वर्षीय पुरुष, चितवनका ५५ वर्षीय पुरुष, बाँकेका ५३ वर्षीय पुरुष र ३९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।