पछिल्लो २४ घण्टामा थपिए १ हजार ५ सय ५९ कोरोना संक्रमित, डिस्चार्ज भए १ हजार ५७ जना
काठमाण्डौ, १४ असोज । पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या संख्या ७७ हजार ८ सय १७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म ५६ हजार ४ सय २८ जना कोरोनाबाट निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै आज १२ हजार २ सय ५ जनाको पीसीआर परीक्षण भएको छ भने संस्थागत आइसोलेशनमा १० हजार ८७ र होम आइसोलेशनमा १० हजार ८ सय ४ जना रहेका छन्।