दोस्रो जित निकाल्ने दाउमा मुम्बई र पञ्जाब
१५ असोज, काठमाडौं । युएईमा जारी १३औं संस्करणको आईपीएलमा आज साविक विजेता मुम्बई इन्डियन्स र किंग्ल्स इलाभेन पञ्जाबले खेल्दैछन् । साँझ ७ः४५ बजेबाट सुरु हुने सो खेल शेख जायद रंगशालामा हुनेछ ।
यस खेलमा दुवै टोली दोस्रो जित निकाल्ने दाउमा छन् । समान ३–३ खेल खेलेका यी दुई टोलीले एक खेलमा जित र दुई खेलमा हार बेहोरेका छन् ।
मुम्बईले पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग पाँच विकेटको पराजय बेहोरेको थियो भने दोस्रो खेलमा कोलकत्ता नाइट राइडर्सलाई ४९ रनले हराएको थियो । यस्तै तेस्रो खेलमा रोयल च्याचेन्जसै बैंगलोरसँग सुपर ओभरमा पराजित भएको थियो ।
यता, पञ्जाबले भने पहिलो खेलमा दिल्ली क्यापिटल्सँग सुपर ओभरमा हार बेहोरेको थियो भने दोस्रो खेलमा बैंग्लोरमाथि ९७ रनको फराकिलो जित निकालेको थियो । तेस्रो खेलमा राजस्थान रोयल्ससँग ४ विकेटले पराजित भएको थियो ।