आजबाट सुपथ मूल्य पसल सञ्चालन हुने, अनलाइनबाट पनि किन्न सकिने (सूचीसहित)
काठमाण्डौ, १५ असोज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलले आजदेखि दश,ै तिहार र छठलाई लक्षित सुपथ मुल्य पसल सञ्चालन गर्ने भएको छ।
मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चाडपर्व लक्षित पसल सञ्चालन गर्न लागिएको जानकारी दिइन् । यस्ता पसल मंसिंर ६ गतेसम्म सञ्चालन हुने मन्त्रालयले बताएको छ।
मन्त्रालयलका अनुसार यस्ता सुपथ मूल्यका पसल कालीमाटी, टेकु, कोटेश्वर, सिंहदरबार, सतुंगल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी, जाउलाखेल तथा भक्तपुरमा सञ्चालन हुनेछ।
यस्तै यसपटक अनलाइन मार्फत समेत सामान अर्डर दिन सकिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले घुम्ती सेवा पसल, र अनलाइन मार्फत उपत्यकाका ४९ स्थान र दुग्ध विकास संस्थानमार्फत अत्यावश्यक सामाग्री सुपथ मूल्यमा उपलव्ध गराइने जनाएको छ।
सुपथ मूल्य पसलबाट खरिद गर्न मिल्ने सामाग्रीको मूल्य सूची पनि मन्त्रालयले सार्वजनिक गरेको छ।
मन्त्रालयका अनुसार नून प्रतिकेजी १८ रुपैयाँ, चिनी केजीको ७० र घ्यु लिटरको ८७० रुपैयाँ पर्नेछ । चिनी र नुन भने प्रति परिवार ४ केजी मात्रै लिन पाउने व्यवस्था गरिएको छ।
त्यस्तै सुपथ मूल्य पसलमा खसीबोका तथा च्यांग्रामा किलोको १० रुपैयाँ, चामलमा ५ रुपैयाँ, दालमा ५, सिमिलगायत गेडागुडीमा १० रुपैयाँ, फापर तथा केराउमा ५ रुपैयाँ प्रतिकिलो छुट हुने मन्त्रालयले जनाएको छ।