बिहिबार थपिए १ हजार ९ सय ११ कोरोना संक्रमित, डिस्चार्ज भए ९ सय ६१ जना
काठमाण्डौ, १५ असोज । बिहिबार थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या संख्या ७९ हजार ७ सय २८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहिबार ९ सय ६१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म ५७ हजार ३ सय ८९ जना कोरोनाबाट निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै आज १२ हजार ४ सय ४४ जनाको पीसीआर परीक्षण भएको छ भने संस्थागत आइसोलेशनमा १० हजार ७ सय ६१ र होम आइसोलेशनमा ११ हजार ७९ जना रहेका छन्।