कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप ११ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५०९ पुग्यो
काठमाण्डौ, १५ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १ जना महिला र १० जना पुरुष संक्रमितको मृत्यु भएको हो।
बाँकेमा ३४ वर्षीया महिला, सुनसरीमा ५६, ५० र २७ बर्षीय पुरुष, काठमाडौंमा ७८ र ६८ बर्षीय पुरुष, भक्तपुरमा ६८ बर्षीय पुरुष, ललितपुरमा ४८ वर्षीय पुरुष, रुपन्देहीमा ८०, ५५ र ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।