कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप ११ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५२० पुग्यो
काठमाण्डौ, १६ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ४ जना महिला र ७ जना पुरुष संक्रमितको मृत्यु भएको हो।
भक्तपुरमा ६१ र ५१ बर्षीया महिला, काठमाडौंमा ६७ वर्षीया महिला र सुर्खेतमा ७५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।
त्यस्तै, मोरङमा २७ बर्षीय पुरुष, ललितपुरमा ३२ र ७० वर्षीय पुरुष, मकवानपुरमा ७८ बर्षीय पुरुष, रुपन्देहीमा ६० बर्षीय पुरुष, बाँकेमा ५२ र ५९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ भने नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर ०.६५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।