हिउँदसम्ममा बाढी-पहिरोबाट प्रभावित नागरिकहरूको व्यवस्थापन गरिसक्छौं : गृहमन्त्री थापा
काठमाडाैं, १६ असाेज । गृहमन्त्री रामबहादुर थापा बादलले बाढी पहिरोबाट प्रभावित नागरिकहरूको व्यवस्थापन हिउँदसम्म गरिसक्ने बताएका छन् ।
अस्थायी रूपमै भएपनि सिन्धुपाल्चोक, बागलुङ, कालिकोटलगायत देशभरि नै बाढी पहिरोबाट प्रभावित नागरिकहरूको व्यवस्थापन छिट्टै गरिने उनले बताए ।
सिन्धुपाल्चोकका प्रतिनिधिहरूसँगको भेटमा गृहमन्त्री थापाले हिउँद सुरु हुनुअघि नै पालमा बसेका नागरिकहरूको व्यवस्थापन गरिने बताए ।
‘चिसो बढ्दै जाने समय छ । हिउँद सुरु हुन्छ । अहिले बाढी पहिरो प्रभावितहरू पालमा बसेका छन् चिसोमा त्यसले धान्दैन । यसका लागि तत्काल चाल्नुपर्ने स्टेप (कदम) चाल्छौँ । सकेसमम न्यानो हुने अस्थायी किसिमको बसाइको व्यवस्था गर्छौँ । हिउँदमा चिसोले मानविय क्षति नहोस भनेर हामीले ध्यान दिएका छौँ’, उनले भने ।