नर्समा कोरोना संक्रमण देखिएपछि धादिङको निलकण्ठ नगरपालिका कार्यालय सिल
धादिङ, १७ असोज । धादिङको निलकण्ठ नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत एकजना नर्सलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको कार्यालय सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम पौडेलले जानकारी दिएका छन्।
प्रशासकिय अधिकृत पौडेलका अनुसार नगरपालिकामा कार्यरत कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ भने क्वारेन्टाइनमा बसेका कर्मचारीको सोमबार पिसिआर परिक्षण गरिनेछ।
त्यस्तै, जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ट र गाइनोक्लोजिस्टलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । डाक्टरबाट अस्पतालमा बच्चा जन्माएका सुत्केरीमा पनि कोरोना सरेको आशंका गरिएको छ।