कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप ८ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५२८ पुग्यो
काठमाण्डौ, १७ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा २ जना महिला र ६ जना पुरुष संक्रमितको मृत्यु भएको हो।
चितवनमा ७६ वर्षीया महिला र सुनसरीमा २८ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।
त्यस्तै, ललितपुरमा ८३ र ६८ बर्षीय पुरुष, सिन्धुपाल्चोकमा ४१ बर्षीय पुरुष, दोलखामा ६५ वर्षीय पुरुष र कैलालीमा ७९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ भने नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर ०.६२ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।