एट्लेटिको फेरि बराबरीमा रोकियो, चलेन स्वारेजको जादू
१८ असोज, काठमाडौं । स्पेनको शीर्ष डिभिजनको लिग ला लिगामा एट्लेटिको मड्रिडले अर्को बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले भिल्लारियलसँग गोलरहित बराबरी खेलेको हो ।
एथ्लेटिकोको मैदानमा भएको खेलको निर्धारित समय दुवै टोली गोल गर्न असफल भए । डेब्यू खेलमा मैदान प्रवेश गरेको २० मिनेटभित्र दुई गोल र एक असिस्ट गरेका एथ्लेटिको फरवार्ड स्वारेजको जादू यस खेलमा चल्न सकेन ।
स्वारेजले सुरुवाती ११ मै रहेर खेल खेलेका थिए ।
यस बराबरीसँगै एटलेटिकोले ३ खेलबाट ५ अंक जोडेको छ । यसअघि उसले पहिलो खेलमा ग्रानडाविरुद्ध ६–१ गोल अन्तरको फराकिलो जित निकालेको थियो । यस्तै एट्लेटिको दोस्रो खेलमा हुएस्कासँग गोलरहित बराबरीमा रोकिएको थियो ।