मोरङमा ‘अनटेस्ट’ मोटरसाइकलको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु !
१८ असोज, मोरङ । मोरङमा मोटरसाइकलको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु भएकाे छ । माेरङको बूढीगंगा-१ बस्ने ४२ वर्षीय कमलप्रसाद तावाहाङको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको हो ।
शनिबाार राति ९ः१५ बजेतिर बूढीगंगा-१ राजमार्ग साइटमा पैदल हिँडिरहेका तावाहाङलाई लु६१ प २५०२ नम्बरको अनटेस्ट मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
घाइते तावाहाङको विराट मेडिकल कलेज टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा आइतबार बिहानको राति १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मृतक तावाहाङ सशस्त्र प्रहरी सहायक निरीक्षक रहेको खुल्न आएको छ । उनी सशस्त्र प्रहरी बल पाँचथरमा कार्यरत रहेको र हाल विदामा घर आएको थिए ।
यता, ठक्कर दिने मोटरसाईकल नियन्त्रणमा लिइएको छ भने चालक तत्काल फरार रहेकोले उनको खोजी भइरहेको उक्त कार्यालयले जनाएको छ ।