सर्वोच्चका न्यायाधीशसहित कर्मचारीमा कोरोना संक्रमण, इजलास बन्द
काठमाण्डौ, १८ असोज । सर्वोच्च अदालतका न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएसँगै सर्वोच्चका सबै इजलास बन्द गरिएको छ।
सर्वोच्च अदालतले विज्ञप्ती जारी गरेर अदालतका न्यायाधीश, अधिकृत र कर्मचारीमा कोरोना संक्रमण देखिएको र उनीहरु आइसोलेसनमा रहेको जानकारी दिएको छ।
एक जना न्यायाधीशसहित परिवारमा नै कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जना न्यायाधीशलाई लक्षण देखिएको र अन्य कर्मचारीसहित सुरक्षाकर्मीलाई पनि संक्रमण देखिएको स्रोतले जानकारी दिएको छ।
सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार सर्वोच्चका सबै इजलास बन्द गरिएको छ भने एउटा इजलास बाहेक आज तोकिएका सबै इजलास बन्द गरिएको छ।
त्यस्तै अदालतमा कति जनालाई सक्रमण देखियो भन्ने जानकारी दिइएको छैन।