सचिवालय र सुरक्षाकर्मीसहित ७० जनाभन्दा बढीमा कोरोना पुष्टि, प्रधानमन्त्रीले बन्द गरे भेटघाट
काठमाण्डौ, १८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेकका भेटघाट नगर्ने भएका छन्।
आफ्ना सल्लाहकार, स्वकीय सचिव, सचिवालय र सुरक्षाकर्मीसहित ७० जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री ओलीले अत्यावश्यकबाहेकका अन्य भेटघाट नगर्ने प्रधानमन्त्रीका प्रेससंयोजक रामशरण बजगाईंले जानकारी दिएका छन्।
प्रेससंयोजक बजगाईंले भनेका छन्, ‘प्रधानमन्त्रीले प्रत्यक्ष भेट्नै पर्ने भएमा मात्रै भेटघाट गर्नुहुन्छ। भर्चुअल माध्यमबाट गर्न सकिने काम रोकिँदैनन । सल्लाहकारहरूले पनि आफू आइसोलेसनबाट बसेकै ठाउबाट गर्न मिल्ने काम गर्नुहुन्छ । इन्टरनेटकामाध्यमबाट गर्ने मिल्ने काम कुनै पनि रोकिँदैनन्।’
शनिबारका लागि तय भएको सचिवालय बैठक आइतबार ४ बजे बोलाइएको भएतापति आजका लागि तय भएको सचिवालय बैठकबारे भने अहिलेसम्म कुनै निर्णय भएको छैन।
सचिवालय बैठक स्थगित हुनेबारे कुनै जानकारीन आएको नेताहरुले बताएका छन्।