नेपाली कांग्रेसको केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द
काठमाण्डौ, १८ असोज । नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ।
पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि ५ दिनका लागि केन्द्रीय कार्यालय बन्द गरिएको हो।
कांग्रेस केन्द्रीय समिति बैठकका लागि असोज १५ गते पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र कर्मचारी गरी २ सय ७० जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो भने शनिबार आएको रिपोर्टमा कांग्रेसका केन्द्रीय सदस्य गगन थापासहित ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेता तथा कर्मचारीहरुमा कोरोना देखिएपछि आइतबारदेखि ५ दिनका लागि लागि केन्द्रीय कार्यालय बन्द गरिएको जानकारी दिएका छन्।
उनका अनुसार नेपाली कांग्रेसको कार्यालय अब असोज २२ गतेसम्मका लागि बन्द रहनेछ।