सल्यानको एक जंगलमा बेवारिसे बच्चा फेला
१९ असाेज, सल्यान । सल्यानको एक जंगलमा बेवारिसे बच्चा फेला परेका छन् । अन्दाजी एक वर्षको बच्चा सोमबार जंगलमा फेला परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जिल्लाको खलंगा श्रीनगर सडकखण्डअन्तर्गत शारदा नगरपालिका-२ माझी पौवाको छहरा नजिक जंगलमा आज बिहान बच्चा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए ।
मर्निङवाकमा गएका स्थानीयहरुले बेवारिसे अवस्थामा बच्चा रोइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । बच्चा भेटिएको नजिकै बालकको कपडा र एउटा झोला पनि फेला परेको बालकलाई रातिनै जंगलमा छाडेको हुनसक्ने उनको भनाई छ ।
बालकलाई अहिले सल्यान जिल्ला अस्पतालमा राखिएको छ । बच्चाको अभिभावकको खोजी तथा अनुसन्धान सुरु गरिएको प्रहरी प्रमुख थापाले बताए ।