छोराको कुटपिटबाट गुल्मीमा बुबाको मृत्यु
गुल्मी, १९ असोज । गुल्मीमा आफ्नै छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ।
इस्मा गाउँपालिका ४ दोहोलीका ६० वर्षीय दिलबहादुर बस्नेतको छोरा अनिलबाट निर्घात कुटपिट हुँदा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।
प्रहरीका अनुसार साँझ ६ बजेतिर आफ्नै घरभित्र बस्नेतलाई छोराले कुटपिट गरेको र घाइते बस्नेतलाई थप उपचारका लागि साँझ नै तम्घास अस्पताल ल्याइएको थियो।
मुख र छातीमा गम्भीर चोट लागेका दिलबहादुरलाई तम्घास अस्पतालले मिसन अस्पताल पाल्पा रिफर गरेतापनि मिसन अस्पतालले प्रवास अस्पताल र प्रवास अस्पतालले प्रादेशिक अस्पताल बुटवल रिफर गरेको थियो।
अस्पताल डुलाउँदा डुलाउँदै आज बिहान ४ बजे बस्नेतको मृत्यु भएको र अभियुक्त छोरा अनिल भने फरार रहेको प्रहरीले जनाएको छ।