मोरङमा टेम्पोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
१९ असोज, विराटनगर । मोरङमा टेम्पोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार मोटरसाइकल दुर्घटनामा परी मोरङ सुनवर्सी–२ का २० वर्षीय सुनिल खत्वेको मृत्यु भएको हो ।
हिजो साँझ ६ बजे सुनवर्सी अमरदह बजारस्थित भित्री सडकखण्डमा विपरीत दिशाबाट आएको को१३प १७८५ नम्बरको मोटरसाइकल र वानटेष्ट टेम्पो एकआपसमा ठक्कर खाइ दुर्घटना हुँदा मोटरसाइकल चालक खत्वे गम्भीर घाइते भएका थिए ।
घाइते खत्बेको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा साँझ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
टेम्पो र टेम्पो चालक सुनवर्सी–९ डायनियाका ३८ वर्षीय मोहमद महफिललाई नियन्त्रणमा लिइएको उक्त कार्यालयले जनाएको छ ।