विराटनगरको विराट नर्सिङ होम अस्पतालबाट हाम फालेका बिरामीको मृत्यु
विराटनगर। १९ असोज । विराट नर्सिङ होम, विराटनगर अस्पतालको दोस्रो तलाबाट हामफालेर घाइते भएका मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का करिब ५० वर्षीय अमृत गजमेरको उपचारका क्रममा मृत्यु भएको छ।
अपतालको दोस्रो तलाबाट हाम फाल्ेका गजमेरको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार गजमेरलाई उपचारका लागि शनिबार अस्पताल भर्ना गरिएको थियो भने चिकित्सकहरूले बताएअनुसार फोक्सोका बिरामी रहेका उनको आइसियूमा राखेर उपचार भइरहेको थियो।
उनले सोमबार बिहान करिब साढे ५ बजे अस्पतालबाट हाम फालेका थिए र शव पोस्टमार्टमको तयारी गरिएको प्रहरीले जनाएको छ।
उनले किन अस्पतालबाट हाम फालेका हुन् भन्नेबारे खुलेको छैन।