युट्युबमा ‘सेल्फी किङ’, यहाँबाट हेर्नुहोस् पूरा फिल्म
२०७७ अशोज १९
१९ असोज, काठमाडाैं । नायक विपिन कार्की अभिनित फिल्म ‘सेल्फी किङ’ युट्युबमा सार्वजनिक भएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
एक चर्चित टेलिभिजन कलाकारको ३ दिनको जीवनलाई पर्दामा प्रस्तुत गरिएको देखाइएको छ ।
काठमाडौँदेखि सोलुखुम्बुसम्म गरेको यात्रा र त्यस बेलामा आउने विभिन्न अवस्थाहरूको कथालाई फिल्ममा उतारिएको छ ।
विशाल सापकोटाको निर्देशनमा तयार भएको फिल्ममा विपिनका साथ लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटालगायतका कलाकारहरुको अभिनय रहेको छ ।
फिल्मलाई दिनेश राउत र सुभाष थापाले संयुक्तरुपमा निर्माण गरेका हुन् । गत २४ माघ प्रदर्शनमा आएको फिल्मलाई दर्शकहरूले निकै रुचाएका थिए भने हाल फिल्म सार्वजनिक भएको छोटो समयमा नै युट्युबको ट्रेन्डिङमा पनि पर्न सफल भएको छ ।