‘मुन्द्रेको कमेडी क्लब-२’मा दीपाश्रीको ठाउँमा करिश्मा
१९ असोज, काठमाडाैं । टेलिभिजन शो ‘मुन्द्रेको कमेडी क्लब’को दोस्रो सिजनको अध्यक्षको रुपमा करिश्मा मानन्धरलाई ल्याइने भएकाे छ । नयाँ सिजनमा कलाकार तथा निर्देशक दीपाश्री निरौला अध्यक्षको रुपमा रहेकी थिइन् ।
तर, दोस्रो सिजनमा भने दीपाश्रीको स्थानमा करिश्मालाई ल्याइने भएकाे हाे ।
महानायकको विषयमा ठूलो विवादमा तानिएका कारण कार्यक्रमका प्रायोजक कम्पनीको दबाबमा दीपाश्रीलाई हटाइएको चर्चा चलेको छ । तथापि यस विषयमा टिमले कुनै जानकारी दिएको छैन ।
निर्देशक तथा कलाकार दीपाश्रीले ‘मुन्द्रेको कमेडी क्लब’ को दोस्रो सिरिजमा आफू नरहने भन्दै फेसबुकमा लेखेकी छिन् ।
यता, करिश्माले जीतुको आग्रह नकार्न नसकेर उक्त शाेकाे दोस्रो सिजनमा अध्यक्षता ग्रहण गरेको बताएकी छन् ।