दुई फरार प्रतिबादी पक्राउ
इटहरी, १९ असोज । ज्यान मार्ने उधोग र रकम ठगी गर्ने केशका दुई फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरी सार्बजनिक गरिएको छ।
पक्राउ पर्नेमा मोरङ ग्रामथानका बिकास कुमार खाँ र भोजपुर अरुण ५ याकुका सुमन कार्की क्षेत्री रहेका छन।
पक्राउ परेका खाँले गत फागुन २२ गते ईटहरी तालतलैया पार्कको जंगलमा एक युवतीलाई जवरजस्ती करणी तथा बिषादी खुवाई ज्यान मार्ने कोसिस समेत गरेका थिए । उनिमाथी परेको उजुरीसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले खाँलाई गत शनिवार पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद लिई कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
यसैगरी पक्राउ परेका अर्का भोजपुर घर भई ईटहरी बस्दै आएका क्षेत्रीले सोही ठाँउका एक ब्याक्तीलाई विदेश पठाई दिन्छु म एजेन्ट हुँ भन्दै उनिबाट नगद २ लाख रुपैया लिई फरार भएका थिए । फरार रहेका क्षेत्रीलाई गत सुक्रबार पक्राउ गरी उनि माथी कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ।