सोमबार थपिए २ हजार ४ सय ४० कोरोना संक्रमित, डिस्चार्ज भए १ हजार १ सय ३३ जना
काठमाण्डौ, १९ असोज । सोमबार थप २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या संख्या ८९ हजार २ सय ६३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार १ हजार १ सय ३३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म ६५ हजार २ सय २ जना कोरोनाबाट निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै आज १३ हजार ७ सय ८१ जनाको पीसीआर परीक्षण भएको छ भने संस्थागत आइसोलेशनमा ११ हजार १ सय ९१ र होम आइसोलेशनमा १२ हजार १ सय ३६ जना रहेका छन्।