हात्तीको आक्रमणबाट कावासोतीमा एक जना माउतेको मृत्यु
नवलपुर, १९ असोज । हात्तीको आक्रमणबाट एकजना माउतेको ज्यान गएको छ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–१२ मा रहेको आइल्यान्ड जङ्गल रिसोर्टमा हात्तीले आक्रमण गर्दा वडा नम्बर १० का ५६ वर्षीय माउते लोकबहादुर खजुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरीका अनुसार रिसोर्टमा पालिएको निजी हात्तीलाई पानी खुवाउन लैजाने क्रममा सोमबार लोकबहादुरलाई हात्तीले आक्रमण गरेको थियो र घाइते भएका उनको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।