मालपोत कार्यालय सिन्धुलीका कर्मचारीमा कारोना संक्रमण, कार्यालय बन्द
सिन्धुली, २० असोज । भूमि सुधार तथा मालपोत कार्यालय सिन्धुलीमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मंगलवारदेखि अर्को सूचना नआएसम्मका लागि कार्यालय बन्द भएको छ।
कार्यालयले सूचना जारी गर्दै कार्यालयमा अग्रपंक्तिमा बसेर काम गर्ने कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएको छ।
सूचनामा उल्लेख भए अनुसार कर्मचारीमा कोरोना संक्रमण देखिएको र अन्य कर्मचारी पनि अस्वस्थ भएका कारण सेवा प्रवाह गर्दा संक्रमण फैलन सक्ने भन्दै मंगलवारदेखि अर्को सूचना नभएसम्मका लागि कार्यालय बन्द गरिएको छ।