पछिल्लो २४ घण्टामा थपिए १ हजार ५ सय ५१ कोरोना संक्रमित, डिस्चार्ज भए २ हजार ३ सय ४० जना
काठमाण्डौ, २० असोज । पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या संख्या ९० हजार ८ सय १४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३ सय ४० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म ६७ हजार ५ सय ४२ जना कोरोनाबाट निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै आज ११ हजार ४७ जनाको पीसीआर परीक्षण भएको छ भने संस्थागत आइसोलेशनमा ९ हजार १ सय १८ र होम आइसोलेशनमा १३ हजार ५ सय ९१ जना रहेका छन्।