चण्डोलको ‘जोडियाक मार्केटिङ’मा प्रहरी छापा मार्दा ३ करोडको म्याद सकिएको सामान बरामद, सञ्चालकसहित ३ जन पक्राउ
काठमाण्डौ, २० असोज । काठमाण्डौको चण्डोलस्थित जोडियाक मार्केटिङ टिस्ट्रिब्यूटर्समा महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले छापा मारेर त्यहाँबाट करिब ३ करोड मुल्य पर्ने म्याद सकिएको खाद्य सामग्री बरामद गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाण्डौका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार म्याद गुज्रेको सामानलाई पुनः नयाँ मिति प्रिन्ट गरेर बजारमा पठाउने डिस्ट्रीब्यूटर्सका सञ्चालकसहित ३ जनालाई पक्राउ गरिएको हो।
प्रहरीले सञ्चालक जितेन्द्रकुमार लोहिया, लेखापाल मुकेश रौनियर र स्टोर किपर अनिल मगरलाई नियन्त्रणमा लिएको छ भने म्याद सकिएको खाद्या सामग्रीमा नयाँ मिति प्रिन्ट गर्ने मेशिन पनि फेला परेको एसपी राठौरले बताएका छन्।
एसपी राठौरका अनुसार चण्डोल स्थित सो डिस्ट्रीब्यूटर्सबाट प्रहरीले म्याद नाघको बिस्कुट, तेल, बच्चाको लागी प्रयोग हुने डाईपर, टिस्यू पेपर र चकलेट बरामद गरेको छ।