हास्य कलाकार हरिवंश आचार्य दम्पतीमा पनि कोरोना संक्रमण पुष्टि
काठमाण्डौ, २० असोज । नेपाली चर्चित हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्ययमा कोरोना संक्रमण पुष्टि भएको छ।
कलाकार आचार्यले मंगलबार सामाजिक सञ्जालमार्फत जानकारी दिदैं सामान्य लक्षण देखिएकोले हिंजो आफू र श्रीमती रमिलाको स्वाव परीक्षण गरेको र आज दुवै जनाको रिपोर्ट पोजिटिभ आएको बताएका छन्।
उनले स्वास्थ्य अवस्था सामान्य रहेको र आफ्नो सम्पर्कमा रहेकाहरुलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन आग्रह गरेका छन्।
उनले भनेका छन्, ‘यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं, कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं।’