डा. केसीले गरे अनसन तोड्न अस्वीकार, भने– टोली बनाएर मात्र वार्ता गर्न आउनुस्
२१ असोज, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै १९औं अनसन बसेका डा. गोविन्द केसीले अनसन अन्त्य गर्न अस्वीकार गरेका छन् । सरकारले अनसन तोड्न गरेको आग्रह केसीले ठाडै अस्वीकार गरेका हुन् ।
उनले शिक्षा सचिव गोपीनाथ मैनालीलाई वार्ता टोली गठन गरेर मात्र आफूसँग कुरा गर्न आउन भनेको छन् । केसी अनसन बसेको २३औं दिन मंगलबार सरकारका तर्फबाट शिक्षा सचिव मैनाली उनलाई भेट्न पुगेका थिए ।
अनसन बसेयता उनीसँग सरकारी प्रतिनिधिले भेटेको यो पहिलोपटक हो । मन्त्रालयका थप दुई कर्मचारी लिएर त्रिवि शिक्षण अस्पताल पुगेका मैनालीले केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेका थिए । तर केसीले ठाडै अस्वीकार गरे । केसीले वार्ता टोली गठन गरेपछि मात्र कुरा हुने र सम्झौता नभएसम्म अनसन जारी रहने बताएपछि सचिव मैनालीको टोली करिब २० मिनेटमै फर्कियो ।