घरमा लुकाएर राखेको ८ किलो अफिमसहित एकजना पक्राउ
वीरगन्ज, २१ असोज । प्रहरीले पर्सामा अफिमको ८ किलो धुलोसहित एक जनालाई पक्राउ गरेको छ।
गएराति साढे १० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले आफिमसहित कालिकामाई गाउँपालिका–१ तीन डोबिया बस्ने २९ वर्षीय खोवारी प्रसादलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
खोवारीको घरमा लागुऔषध अफिम लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापा नेतृत्वको टोलीले छापा मारेर उनलाई नियन्त्रणमा लिएको हो।
अफिमसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय पोखरीयामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।