ट्रकमा १४७ किलो गाँजा बरामद, चालक फरार
वीरगन्ज, २१ असोज । प्रहरीले बाराबाट १४७ किलो गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । उत्तरबाट दक्षिण वीरगञ्जतर्फ आउँदै गरेको ना ७ ख ९५५४ नम्बरको ट्रकको पछाडि ७ वटा पोकामा १४७ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
इलाका प्रहरी कार्यालय जीतपुरले कार्यालय अगाडि नै चेकजाँचका क्रममा ३ वटा ट्रकको पछाडिको ट्रकमा सम्बन्धित मानिस फेला नपरेपछि चेकजाँच गर्दा गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
प्रहरीका अनुसार गाँजा कसले कहाँबाट ल्याएको र कहाँ लैजान लागिएको बारे केही खुल्न सकेको छैन।
प्रहरीले ट्रक धनी र चालकको खोजी गरिरहेको छ भने गाँजासहितको ट्रकलाई जिल्ला प्रहरी कार्यालय बारामा राखिएको प्रहरीले बताएको छ।