यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु (विवरणसहित)
काठमाण्डौ, २१ असोज । सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बुधबार पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद्को मंगलबार बसेको बैठककले गरेको विभिन्न निर्णयहरु सार्वजनिक गरेका छन्।
निर्णयअनुसार कालीमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्षमा डा योगेन्द्र कुमार कार्कीलाई नियुक्त गरिएको छ भने कार्यकारी निर्देशक पदमा विनोद कुमार भट्टराईलाई नियुक्त गरिएको छ।
मन्त्री ज्ञवालीका अनुसार विभिन्न देशमा कार्यरत महावाणिज्य दूतहरुको पदावदी थप गर्ने निर्णय भएको छ भने शिक्षक सेवा आयोगको अध्यक्ष र दुई सदस्यको नियुक्तिका लागि सिफारिस गर्न एक समित गठन गर्ने निर्णय भएको छ।
यसैगरी राष्ट्रपति कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्नेलगायतका निर्णय पनि बैठकले गरेको मन्त्री ज्ञवालीले जानकारी दिएका छन्।