बुधबार थपिए ३ हजार ४ सय ३९ कोरोना संक्रमित, डिस्चार्ज भए १ हजार १ सय २६ जना
काठमाण्डौ, २१ असोज । बुधबार थप ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या संख्या ९४ हजार २ सय ५३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार १ हजार १ सय २६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म ६८ हजार ६ सय ६८ जना कोरोनाबाट निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै आज १४ हजार २ सय ९ जनाको पीसीआर परीक्षण भएको छ भने संस्थागत आइसोलेशनमा १० हजार ५ सय ९६ र होम आइसोलेशनमा १४ हजार ४ सय ११ जना रहेका छन्।