कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप १५ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५७८ पुग्यो
काठमाण्डौ, २१ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५ जना महिला र १० जना पुरुष संक्रमितको मृत्यु भएको हो।
काठमाण्डौमा ६६ र ७२ वर्षीया महिला, सिराहामा ५० वर्षीया महिला, रौतहटमा ७२ वर्षीया महिला र दाङमा ७१ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
त्यस्तै, काठमाडौंमा ४५, ५३, ६४ र ६९ वर्षीय पुरुष, मोरङमा ४० र ६० वर्षीय पुरुष, ललितपुरमा ४६ बर्षीय पुरुष, चितवनमा ६१ बर्षीय पुरुष, रुपन्देहीमा ५५ बर्षीय पुरुष र नवलपरासीमा ७६ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ भने नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर ०.६२ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।